close

अफगानिस्तानमा बम विस्फोट, दुई जनाको मृत्यु

अफगानिस्तानमा बम विस्फोट, दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

अफगानिस्तानमा भएको बम विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । 

नानगाहर प्रान्तको घानी जिल्लामा विस्फोट भएको हो । जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित गरेर विस्फोटन गराइएको स्थानीय प्रहरी अधिकारीको भनाइ छ ।

घाइतेमध्ये पाँच जना तालिबान सदस्य रहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । 

राजधानी काबुलस्थित शिख गुरुद्वारामा बम विस्फोट भएको दुई दिनपछि यो घटना भएको हो ।