close

युक्रेनको खार्किभमा १५ जनाको मृत्यु

युक्रेनको खार्किभमा १५ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसले आक्रमण गरेको छ । रुसी आक्रमणबाट १५ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । १६ जना घाइते भएका छन् ।

उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रुससँग सीमा जोडिएको क्षेत्र हो ।

उक्त क्षेत्रको चार अलग-अलग स्थानमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको हो । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको त्यहाँका गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए ।

रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्वमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्य भएको छ । चार जना घाइते भएका छन् । 

खार्किभ सहरमा भएको हमलामा ५ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।