close

अफगानिस्तानमा भूकम्पबाट २५५ जनाको मृत्यु, ५ सयभन्दा बढी घाइते

अफगानिस्तानमा भूकम्पबाट २५५ जनाको मृत्यु, ५ सयभन्दा बढी घाइते

Trulli
ADVERTISEMENT

काबुल । पश्चिमी अफगानिस्तानको पत्तिका प्रान्तमा गएको शक्तिशाली भूकम्पबाट २५५ जनाको मृत्यु भएको छ । कम्तीमा ५ सय जनाभन्दा बढी घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४६ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । उता सीबिएसले भने ६.१ म्याग्निच्युडको भूकम्प गएको समाचार सार्वजनिक गरेको छ । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो ।

स्थानीय अधिकारीले सीएनएनलाई २५५ जनाभन्दा बढीको ज्यान गएको जानकारी दिएका छन् । क्षति योभन्दा पनि ठुलो भएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्ता बिलाल करीमीका अनुसार पत्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट थप सयौँको ज्यान गएको हुन सक्ने सीएनएनले जनाएको छ । पाकिस्तानको सीमा नजिकै केन्द्र बिन्दु भएर जमिनभन्दा १० किलोमिटर तल भूकम्प गएको बताइएको छ ।

घाइतेहरुको उद्दारमा विश्व स्वास्थ संगठन लगायतका संस्थाहरु खटिएको अफगान सरकारले जनाएको छ ।