close

एसपिपीमा सहभागी नहुने नेपालको सही निर्णय : चीन

एसपिपीमा सहभागी नहुने नेपालको सही निर्णय : चीन

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनले अमेरिकाको सैन्य गठबन्धन एसपिपीमा सहभागी नहुने भनी सही निर्णय गरेको भनी नेपालको प्रसंसा गरेको छ । 

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद बैठकले एसपिपीमा सहभागी नहुने भनी सही निर्णय गरेको भन्दै नेपालको प्रसंसा गरेका हुन् । 

एसपिपी हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपिपीबाट बाहिरिने निर्णय गरेको उनको भनाइ थियो । 

साथै, उनले चीन नेपालको असल छिमेकीको भएको बताउँदै सधैँ नेपालको सार्वभौमिकता,स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका साथमा रहने बताए ।