close

अफगानिस्तानमा हिमपातका कारण १२ बालबालिकाको मृत्यु

अफगानिस्तानमा हिमपातका कारण १२ बालबालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चिसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको छ ।

चाउके जिल्लाको युगल क्षेत्रमा उक्त प्राकृतिक प्रकोप भएको सरकारी समाचार संस्था बख्तरले जनाएको छ ।

गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईवस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन् । मृतक सबै घुमन्ते परिवारका हुन् ।

अफगानिस्तानका केही क्षेत्रका बासिन्दा भूकम्प र भारी वर्षाको चपेटामा परेका छन् । 

पूर्वी पक्तिका र खोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।