close

भारतमा एकैदिन १७ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन १७ हजारभन्दा बढीमा कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । 

भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा हालसम्म चार करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

संक्रमितमध्ये पाँच लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।