close

वीरेन्द्रनगर नगरपालिकाद्वारा बसपार्क सञ्चालकविरुद्ध मुद्दा दायर

वीरेन्द्रनगर नगरपालिकाद्वारा बसपार्क सञ्चालकविरुद्ध मुद्दा दायर

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्क सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

भाडाबापतको ३७ करोड रकम नबुझएर फरार भएपछि बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सन भक्तपुरविरुद्ध नगरपालिका जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

भाडा रकम बुझाउन पीआर कन्स्ट्रक्सनलाई १४ पटक पत्राचार गरिसक्दा पनि अटेरी गरेपछि अदालत पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए ।

रकम तिर्न १४ पटक पत्राचार तथा राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दा पनि नटेरेपछि अदालत जानु परेको उनले बताए ।

पीआर कन्स्ट्रक्सनले भाडाबापत ३७ करोडभन्दा बढी रकम नगरपालिकालाई तिर्न बाँकीे छ । जसमा तीन करोड ७३ लाख साँवा र ३४ करोड हर्जना रकम रहेको तिवारीले बताए । पीआर कन्स्ट्रक्सनले नगरपालिकालाई २०७८ भदौ यताको भाडा तिर्न बाँकी छ ।

मासिक भाडा महिना पूरा भएको १५ दिनसम्ममा बुझाउनुपर्ने नगरपालिका र कम्पनीबीच भएको सम्झौतामा उल्लेख छ । तोकिएको समयमा भाडा नबुझाएको खण्डमा १ प्रतिशतका दरले जरिवाना लाग्छ । भाडा उठाउन एक महिना नाघेको खण्डमा २ प्रतिशत र दुई महिना नाघेको खण्डमा ५ प्रतिशतले हर्जाना लाग्ने सम्झौतामा उल्लेख छ ।

पीआर कन्स्ट्रक्सनले सम्झौता बमोजिम राजस्व भुक्तानी नगर्दा करोडौं रकम हर्जना बढ्दै गएको हो ।

भाडा रकम तिर्न नसकेपछि पछिल्लो समय ठेकेदार कम्पनिका प्रतिनिधीहरुले बस्पार्क छाडेको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए । अहिले बसपार्क नै अस्तव्यस्त छ ।