close

गाउँपालिका उपाध्यक्षनै मिटर ब्याजी गिरोहमा संलग्न !

गाउँपालिका उपाध्यक्षनै मिटर ब्याजी गिरोहमा संलग्न !

Trulli
ADVERTISEMENT

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष फूलकुमारी साहसहित ११४ मिटर ब्याजीविरुद्ध उजुरी दर्ता भएको छ।

सप्तरीमा पनि उजुरी दर्ता हुँदा गाउँपालिका उपाध्यक्षलाई पनि अभियोग लागेको हो । मिटर ब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटर ब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारवाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरी निवेदन दिन आह्वान गरेको थियो।

तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष साहविरुद्ध पालिकाको वड नम्बर ६ की सुनितादेवी मण्डलले आवश्यक कारवाहीको माग गर्दै उजुरी गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

उजुरीकर्ताकी सासु लक्ष्मिनिया देवी तथा ससुरा नैमानी मण्डलले ०६१ सालमा दुईचोटी गरी ४० हजार रुपैयाँ ऋण लिएकामा ब्याजसहित फिर्ता गरे पनि उपाध्यक्ष साहले जग्गा हालसम्म फिर्ता नगरेको भन्दै उजुरी परेको छ।