close

मापदण्ड विपरितका संरचनामा पोखराको डोजर

मापदण्ड विपरितका संरचनामा पोखराको डोजर

Trulli
ADVERTISEMENT

कास्की । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पोखरा महानगरपालिका वडा नं. ४ र १८ फिर्के खोलाको दुवै भागमा निर्माण गरिएको संरचनामा महानगरपालिको डोजर चलाएको हो । 

निर्माणको क्रममा फिर्के खोलाको वाहवलाई असर पर्ने गरी संरचना निर्माण नगर्न पटक पटक आग्रह सहित निर्माण सामाग्रीहरू समेत जफत गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले डोजर चलाएको हो । सो क्षेत्रमा खोलाको मापदण्ड विपरीत ग्याविन तार सहितको रिटेनिङ्वाल निर्माण गरिएको छ । 

सगरमाथा स्कुल र केही स्थानीयहरूले खोलाको मापदण्ड विपरीत संरचनाहरू निर्माण गरेपछि महानगरले त्यसलाई रोक्न समेत आग्रह गरेको थियो । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण भएका सम्पूर्ण संरचनाहरू महानगरपालिकाले हटाउने योजना समेत बनाइरहेको छ। 

महानगरपालिकाले पर्यटन गुरुयोजना निर्माण गरी फिर्के कोरिडोरको रूपमा विकास गर्न खोला आसपासमा झाडी फडानी गरिसकेको छ । पोखराको दिगो पर्यटन विकास सम्बन्धी एडिबीसँग गरिएको सम्झौतामा यो पनि महत्त्वपूर्ण परियोजनाको रूपमा उल्लेख छ ।