close

बजारको पसलमा अनुगमन टोली

बजारको पसलमा अनुगमन टोली

Trulli
ADVERTISEMENT

सल्यान । सिद्धकुमाख गाउँपालिकाले बजार क्षेत्रको पसल अनुगमन गरेको छ । बजार अनुगमन समितिले सोमबार गाउँपालिकाको बजार क्षेत्र अन्तर्गत मोखला, पटारे, चाख्लिघाट र ढोरचौर बजारका पसलहरुमा अनुगमन गरेको हो ।
 
बजार अनुगमन समितिका संयोजक तथा सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष  राम बहादुर वस्नेतको संयोजकत्वमा कर्मचारी, सुरक्षाकर्मी  र पत्रकार सहितको टोलिले अनुगमन गरेको जनाइएको छ ।  

गाउँपालिका क्षेत्रका व्यापारी तथा पसल संचालकहरुले म्याद गुज्रेका सामान, विक्री वितरण गर्न नमिल्ने सामान लगायत विक्री वितरण गरिरहेको जनगुनासो बढ्न थालेपछि अनुगमन गरेको संयोजक बस्नेतले बताए ।  असार १५ गतेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बजार अनुगमनको माग उपभोक्ताबाट नै आएपछि बजार अनुगमन थालिएको अनुगमन समितिका सदस्य तथा गाउँपालिकामा कार्यरत अधिकृत छैठौ राजेश बोहराले जनाए । 

अनुगमनको क्रममा कारोवारमा उल्लेख नभएको पसलबाट ३३४ लिटर प्रेटोल, म्याद गुज्रेका सामानमा  भुजा ४९ प्याकेट,  चिजवल  ४८ प्याकेट,  चाउमिन सस ४ बोतल, मिटमसला ४२ प्याकेट,  विस्कुट २१ प्याकेट लगाएतका सामग्रीहरु गरी अहिलेको बजार मुल्य अनुसार अनुमानित ८५ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु तथा दर्ता प्रक्रिया विना विक्रि वितरण गर्न नमिल्ने सामान बरामत गरिएको छ । सिद्ध कुमाख गाउँपालिकाभित्रका सवै ठाउँको अनुगमन सकिएपछि सरोकारवाला र अनुगमन समितिको रोहवरमा बरामद सामानको नष्ट गरिने समितिले जनाएको छ ।