close

कर्मचारीको लापरबाहीले सडक निर्माणमा ढिलाई, नगरपालिका मौन

कर्मचारीको लापरबाहीले सडक निर्माणमा ढिलाई, नगरपालिका मौन

Trulli
ADVERTISEMENT

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दाले सडक निर्माण कार्य ढिलाई भएको भन्दै गुनासो गरेको छन् । नगरपालिकाले हेर्नुपर्ने सडकको काम उपभोक्ता समितिलाई दिएरप्राविधिक कर्मचारीले ध्यान नदिएपछि स्थानीयले गुनासो गरेका हुन् । 

सडक निर्माण कार्य ढिदाई हुँदा वर्षामा हिँड्न नसकिएको उनीहरुले बताएका छन्  । गोकर्णेश्वर नगरपालिका–१ नयाँ पाटी पुलमाथिको कारखानाबाट वाग्मती नदीहुँदै  निस्कनेलगायत नगर क्षेत्रका भित्री सडकको अवस्था जीर्ण रहेको भन्दै नगरवासीले दुःखेसो पाखेका हुन् । 

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको वडा नं १ को यो सडकमा अहिले पानी जमेर पैदल हिँड्न नसकिने अवस्थामा पुगेको स्थानीयवासी सरस्वती खड्काको गुनसो थियोे । यो सडकका नाममा नगरपालिकाको पाँच आर्थिक वर्षसम्म लाखौँ रकम विनियोजन गर्दै आए पनि काम भने उपभोक्ता समितिलाई दिँदा गुणस्तरीय हुनसकेको छैन । उपभोक्ता समितिले मनपरी खर्च गर्दा सडकको यस्तो अवस्था भएको हो । यसतर्फ सरोकार भएका निकायको ध्यान जान नसकेको उनले बताए। 

सो विषयमा नगरप्रमुख दीपककुमार रिसालसँग सोध्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उपभोक्ता समितिले आयोजनाको सूचना पार्टीसमेत नराखी अपारदर्शी रुपमा काम गर्ने गरेको स्थानीयवासीको भनाइ थियो । स्थानीयवासीको सरोकारका यी समस्या बुझेर  नगरपालिकाले काम नगर्दा वर्षामा हिलो र हिउँदमा धुलाम्ये सडक हुने भएकाले  पीडित हुनुपरेको स्थानीयवासी पार्वती पुडासैनीले बताइन् ।