close

गाउँपालिकामा भएको अनियमितताको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति

गाउँपालिकामा भएको अनियमितताको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति

Trulli
ADVERTISEMENT

प्यूठान - झिमरुक गाउँपालिकाले आफ्नै  गाउँपालिकाको खरिद प्रक्रियामा प्रश्न उठेपछि छानबिन समिति बनाउने भएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष पितबहादुर महताराको समन्वयमा बसेको बैठकले अभिव्यक्तिबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । 

गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले पालिकाको काटेशन प्रक्रियाद्वारा खरिद गर्ने विधिगत रुपमै आर्थिक अनियमितता भएको भन्दै सामाजिक सञ्जालमा लाइभ बसी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । 

झिमरुकका स्थानीय बासिन्दा तथा सरोकारवाला निकायलाई पालिकाको खरिदसम्बन्धी सत्यतथ्य कुरा छानबिन गरी बाहिर ल्याउन आवश्यक भएकोले समिति गठन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । भोलि शनिबार बस्ने कार्यपालिका बैठकले छानबिन समिति गठन गर्ने गाउँपालिकाका उपाध्यक्ष पोखरेलले जानकारी दिएका छन् । 

समितिले दिएको प्रतिवेदनलाई पत्रकारसहितको उपस्थितिमा प्रत्यक्ष लाइभमार्फत सबैलाई जानकारी गराउने गाउँपालिकाले जनाएको छ । 

केही दिनयता सामाजिक सञ्जाल फेसबुक लाइभ तथा स्ट्याटसमार्फत उपाध्यक्ष पोखरेलले पालिकाको खरिद पक्रियामा अनियमितता हुँदै आएको र सोविरुद्ध आफू रहेको जानकारी गराउँदै आएका छन् ।