close

निर्माण कार्यमा अनियमितता गर्नेलाई उपप्रमुखको कारबाही

निर्माण कार्यमा अनियमितता गर्नेलाई उपप्रमुखको कारबाही

Trulli
ADVERTISEMENT

संखुवासभा - धर्मदेवी नगरपालिकाको निर्माण कार्यमा अनियमितता गर्नेलाई अनुगमन समितिले कारबाही गर्दै आएको छ । निर्माण कार्यको अनुगमनको क्रममा अनियमितता गरेको पाइएमा कारबाही गर्ने गरेको हो । 

नगरपालिकाकी उपप्रमुख तथा  अनुगमन समितिका संयोजक तारा महतले आफूले गरेको केही अनुगमनमा अनियमितता भेटाएको पालिकाखबरलाई बताइन् । ‘विद्यालयमा खेल मैदान निर्माणको अनुगमनमा अनियमितता भएको पाए । प्राविधिक टोलीलाई सो कार्यको मूल्यांकन गर्न निर्देशन दिए,’ उनले भनिन्, ‘स्थानीय बासिन्दालाई भेला पारेर छलफल गर्न लगाए । पहिरोले क्षति गरेकोले मूल्यांकन कम भएको जानकारी पाए ।’

तर, आफूलाई सो कार्य चित्त नबुझेकाले विनियोजित बजेटभन्दा ५०००० कम गरेर रकम भुक्तानी गरेको उनले बताइन्  । उनका अनुसार समितिले ठूला योजनाका ३ चरणमा र सानो योजनाको एक चरणमा अनुगमन गर्दै आएको छ । 

अनुगमनमा प्राविधिक टोलीसँगै जाने र छलफल गरी योजनाको मूल्यांकन गर्ने उनले सुनाइन् ।