close

२३ लाखभन्दा बढी रकम हिनमिना गरेको खुलासा

२३ लाखभन्दा बढी रकम हिनमिना गरेको खुलासा

Trulli
ADVERTISEMENT

जाजरकोट- छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानबिन गर्न बनेको समिति बुझाएको प्रतिवेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ । 

पटक-पटक खाजा प्रकरणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानबिन समितिले २३ लाख ५८ हजार ४४५ रुयैयाँ रकम हिनामिना भएको निष्कर्ष निकालेको हो।

कार्यकापालिकाको बैठक र नगरसभा जनप्रतिनिधिले खाजा र खानामा झण्डै ४२ लाख खर्च गरेको समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि छानबिन समिति गठन गरिएको थियो ।

उक्त बैठकमा जनप्रतिनिधिले उक्त रकमको खाजा, नास्ता खाए भनी नगरपालिकाको लेखा शाखाबाट फिर्जी बिल प्रयोग गरी ३० लाख ४८ हजार ४६५ रुपैयाँ होटललाई भुक्तानी दिइसकेको निष्कर्ष निकालेको छ ।  खाजा नास्ताको बिलभन्दा बढी अर्थात २३ लाख ५८  हजार ४४५ रकम झुटा बिल प्रयोग गरेर लेखा शाखाबाट रकम भुक्तानी भएको पाइएको हो।

लेखाशाखा र प्रमुख प्रशासकीय अधिकृतसँगै होटल व्यवसायीको मिलेमतोमा भारी रकम बदमासी गरेको कार्यपालिकाले नै औल्याएपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले सो रकम फिर्ता गर्छु भने पनि हालसम्म रकम फिर्ता नगरेको छानबिन समितिका संयोजक प्रेम खत्रीले जानकारी दिए ।