close

रामधुनीका संस्थापक उपमेयरसहित ३ जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा

रामधुनीका संस्थापक उपमेयरसहित ३ जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा

Trulli
ADVERTISEMENT

सुनसरी- रामधुनी नगरपालिकाकी संस्थागत उपमेयर सबिनाकुमारी चौधरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा चौधरीसहित ९ जनाविरूद्ध मुद्दा दायर गरेको हो । 

उपप्रमुख चौधरी, वडा नम्बर ३ का संस्थापक वडाध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौं तहका सुनिलकुमार चौधरीविरूद्ध मुद्दा दायर भएको छ। 

यस्तै, नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सब-इन्जिनियर हर्षलाल चौधरी र जलपा सिद्ध निर्माण सेवा पकली सुनसरीका प्रोपाइटर नानुकुमार निरौलाविरूद्ध अदालतमा मुद्दा दायर गरेको हो। 

रामधुनीको वडा नम्बर-३ स्थित गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माणको काम गर्दा झुटा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाख १२ हजार ७३ रुपैयाँ बढी भुक्तानी लिएको खुलेको अख्तियारले जनाएको छ ।