close

नौ स्थानीय तहकाे खाेई बजेट ?

मधेश र काेशीका स्थानीय तहकाे अझै आएन बजेट

नौ स्थानीय तहकाे खाेई बजेट ?

मधेश र काेशीका स्थानीय तहकाे अझै आएन बजेट

Trulli
ADVERTISEMENT

काठमाडौँं - चालु आर्थिक वर्ष २०८०/०८१ सुरु भएको साढे चार महिना बितिसक्दा पनि अझै ९ वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सोमबारसम्म पनि मुलुकभरका ९ वटा स्थानीय तहमा गाउँ सभा र नगरसभा हुन नसकेकोले बजेट ल्याउन नसकेका हुन् । 

मन्त्रालयको अनुसार मधेश प्रदेशका सात वटा र कोशी प्रदेशका स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । जसमा सप्तरीको रुपनी गाउँपालिका, सिराहाको औरही गाउँपालिका, धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, रौतहटको गढीमाई नगरपालिका र फतुवा विजयपुर नगरपालिका रहेका छन् । यस्तै कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले वार्षिक बजेट ल्याउन सकेको छैन । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने भए पनि गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ ।