close

८० हजार घुस लिएपछि अख्तियारको फन्दामा

८० हजार घुस लिएपछि अख्तियारको फन्दामा

Trulli
ADVERTISEMENT

 काठमाडौं - बुढानीलकण्ठ नगरपालिकाका करार सेवाका सब इन्जिनियरसहित दुई जनालाई  भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । नगरपालिकाका सब इन्जिनियर टिकाराज राईसहित दुई जनाले  घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

 सब इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएका टोलीले राईलाई सेवाग्राहीबाट लिएको ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।