close

रोहिणी गाउँपालिकाका वडाध्यक्ष अख्तियारको नियन्त्रणमा 

रोहिणी गाउँपालिकाका वडाध्यक्ष अख्तियारको नियन्त्रणमा 

Trulli
ADVERTISEMENT

सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएपछि रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नियन्त्रणमा लिएको छ । 


सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ४५ हजार घुस मागेकामा २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । 


पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।