close

जिल्ला समन्वय समिति प्रमुख कोरोना मुक्त

जिल्ला समन्वय समिति प्रमुख कोरोना मुक्त

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठसहित उनका ९ परिवारका सदस्य कोरोना संक्रमण मुक्त भएका छन् ।


बिहीबार आएको परीक्षण रिपोर्टमा समन्वय प्रमुख तथा उनका परिवारका सदस्य कोरोना संक्रमण मुक्त भएका हुन् । 


कोरोना संक्रमण देखिएपछि प्रमुख श्रेष्ठसहित परिवार सामुदायिक अस्पताल ओखलढुंगामा १८ दिनदेखि उपचाररत थिए । दोस्रो पटकको परीक्षणमा प्रमुखसहित परिवारका सदस्य तथा चालक र कार्यालय सहयोगी सबै संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख समुन तिवारीले बताए । 


बिहीबार समन्वय प्रमुखसहित नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनालसहित २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।