close

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

झापा- झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजिटिभ देखिएको छ ।

ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।

नगरप्रमुख ओलीसहित एक वडा अध्यक्षलाई संक्रमण भएपछि नगरपालिका मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको छ ।