close

विकासमा मनपरी गरेकाे भन्दै गाउँपालिका अध्यक्षलाई उपाध्यक्षको ज्ञापन

विकासमा मनपरी गरेकाे भन्दै गाउँपालिका अध्यक्षलाई उपाध्यक्षको ज्ञापन

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तामाथि एकलौटीको आरोप लगाउँदै उपाध्यक्ष पावित्री कोहारसहितको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ । 


मंगलबार गाउँपालिका उपाध्यक्ष कोहार र ४ वडाध्यक्ष एवं ३ कार्यपालिका सदस्यसहितको टोलीले पालिका अध्यक्ष गुप्ताविरुद्ध प्रमुख प्रशासकीय अधिकृत दिनेश कोहारमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।


उनीहरूले २ महिनादेखि कार्यपालिका बैठक नराखेको, पालिका कर्मचारीलाई अनुचित दबाब दिएको, आफूअनुकूल विकास बजेट परिचालन गरेको भन्दै काम गर्ने वातावरण सिर्जना माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।


ज्ञापनपत्रमा हालसम्म बजेट तथा नीति कार्यक्रमको पुस्तिका प्रकाशन नगरेको, सभाबाट पारित बजेट हेरफेर गरेको लगायतका आरोप पालिका प्रमुखमाथि लगाइएको छ ।