close

संकटमा वडाभरका विपन्नलाई खाद्यान्न वाँढ्ने मनकारी वडाअध्यक्ष

संकटमा वडाभरका विपन्नलाई खाद्यान्न वाँढ्ने मनकारी वडाअध्यक्ष

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सहयोग गर्ने भनेकै आपत् परेका बेला हो । कोरोना महामारीको यही संकटका बेला छाक टार्न धौधौ परिररहेका ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ का काका-भतिजले वडाभरिका करिव ३०० परिवारलाइ राहतस्वरूप दैनिक उपभोग्य वस्तु वितरण गरिरहेका छन् ।

 

कोरोना संक्रमणका कारण लामो समयदेखि कायम रहेको बन्दाबन्दीले रोजगारी गुमाएका आफ्नो गाउँटोलका निम्न स्तरका परिवारको तत्कालको समस्या टार्न चामल, नुन, तेललगायत सामग्री वितरण गरिएको हो । 

 

पहिलो दिन सोमबार हिटी क्षेत्रका बासिन्दालाई खाद्यान्नका सामग्री वितरण गरिएको जंग सुनुवारले बताए । उनी फुङ्लिङ नगरपालिका वडा नम्बर ८ का वडा सदस्यसमेत हुन् । उनले भतिज क्षितिज सुनुवारसँग मिलेर वडाभरिका विपन्न परिवारलाई प्रतिपरिवार १० किलोग्राम चामल, १ किलोग्राम नुन, आधा लिटर खानेतेल र मास्क वितरण गरेका हुन् ।

 

‘अघिल्लो वर्ष वडाले वितरण गर्दा करिब २०० परिवारलाई दिएको रहेछ । त्यही आधारमा गर्दा २५० परिवार होलान् भनेका थियौँ तर वितरण गर्ने परिवार ३०० नजिक पुग्ने देखियो’, क्षितिजले भने ।

 

क्षितिज नेपाल तरुण दलका जिल्ला सदस्य हुन् । काका भने २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । काका जंग र भतिज क्षितिज दुवैले २ लाख २० हजार रुपैयाँ बढीको व्यक्तिगत लगानीमा खाद्यान्नका सामान वितरण गरिरहेको जनाएका छन् । 

 

ज्याला, मजदुरी गरेर गर्जो टार्ने परिवारलाई बन्दाबन्दीले समस्यामा पारेको महसुस गरेर यो अवस्थामा सानो सहयोगले विपन्नको चुल्हो बल्ने देखेर सहयोग गर्ने मन पलाएको उनीहरू सुनाउँछन् ।