close

संक्रमितका घरमै पुगेर औषधी बाँड्दै आँधीखोला अध्यक्ष 

संक्रमितका घरमै पुगेर औषधी बाँड्दै आँधीखोला अध्यक्ष 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमिततका लागि घरमै पुगेर औषधी वितरण सुरु गरिएको छ । 


गाउँपालिकाका विभिन्न वडामा होम आइसोलेसनमा बसेका पञ्चमूल, चिलाउनेबास, सेतीदोभान एवं फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण सुरु गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल बिरामीको घर पुगेरै प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् ।

 

गाउँपालिका अध्यक्ष पौडेल, स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेद कार्यालयका स्याङ्जाका कर्मचारीसहितको टोलीले होम आइसोलेसनमा रहेकालाई औषधी वितरण गरेको हो ।

 

टोलीले संक्रमितलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

 

संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क, स्यानिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भिटामिनयुक्त औषधी वितरण गर्दा तिनमा आत्मबल बढ्ने पौडेलको भनाइ छ ।

 

कोरोनालाई लक्षित गरेर कोभिड-१९ अस्थायी अस्पताल सेतीदोभानमा २० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण तयारी गरिरहेको र आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च पनि गाउँपालिकाले बेहोर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

 

आँधीखोला वडा नम्बर १ पञ्चमूलमा ३६ जना, वडा नम्बर २ चिलाउनेबासमा २१ जना, वडा नम्बर ५ सेतीदोभानमा ४५ जना र वडा नम्बर ६ फापरथुममा १० जना कोरोना संक्रमित छन् ।

 

८० कोरोना संक्रमितलाई अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु, गुड्चीको मिश्रण गरी २ किसिमको आयुर्वेदिक औषधी वितरण गरिएको हो ।