close

प्रदेश र संघको समन्वय अभावले स्थानीय तहलाई समस्या

प्रदेश र संघको समन्वय अभावले स्थानीय तहलाई समस्या

Trulli
ADVERTISEMENT

रणबहादुर राई
नगरप्रमुख, सूर्योदय नगरपालिका, इलाम

 

इलामको सूर्योदय नगरपालिकाको सीमा भारतसँग जोडिन्छ । कोरोना महामारी सुरु भएसँगै यहाँ पनि संक्रमणको जोखिम बढ्यो । भारतबाट छिर्ने मानिसलाई हेल्थ डेस्क राखिएको थियो । सीमाबाट उद्धार गरेर ल्याएकालाई सुरुमा थर्मल गनबाट ज्वरो नापेर मात्रै छिराइयो । उनीहरूलाई राख्न पशुपतिनगरका विद्यालयमा ५ सय बेडको क्वारेन्टाइन व्यवस्था गर्‍यौँ । आइसोलेसनका बिरामीलाई समस्या भए बाहिर पठाउन एम्बुलेन्स तयारी अवस्थामा राखेका थियौँ । परीक्षण र टे«सिङमा जोड दिएकाले पहिलो चरणमा खासै संक्रमण फैलिन पाएन । ‘हामीले जति धेरै परीक्षण र टे«सिङमा जोड दियौँ,’ उनले भने, ‘जसले गर्दा पहिलो लहरमा संक्रमणको जोखिम धेरै भएन ।’ 


दोस्रो लहरमा नगरले २५ बेडको अस्थायी कोभिड अस्पताल बनाइसकेको थियो । परीक्षणलाई दोस्रो लहरमा पनि रोकिएन । नगर क्षेत्रमा उद्योगी व्यवसायीको सहयोगले अक्सिजन अभाव भएन । 


संक्रमण नियन्त्रण गर्न नगरपालिकालाई पहिलो लहरमा प्रदेश सरकारले बजेट सहयोग गरेको थियो । दोस्रोमा संघले भ्याक्सिन पठाउनुबाहेक अन्य सहयोग गरेन । संघ सरकारले हेल्थ डेस्क राख्नसमेत सहयोग गरेन । कोभिडको नियन्त्रणका लागि डाक्टर, कर्मचारी, स्टाफ नर्सलगायत जनशक्ति नगरपालिका आफैंले व्यवस्थापन गरेको हो । संघले बनाएको बजेटमा पनि स्थानीय सरकारलाई पठाउने बजेट सूत्रअनुसार पठाएको होला भन्ने अनुमान लगाउँछन्, उनी । तर, अधिकारका कुरामा नेतृत्व पुरानो सोचबाट बाहिर निस्कन सकेन । ‘अधिकारको कुरामा केन्द्रको नेतृत्वले पुरानै सोच राखेको छ,’ उनले भने, ‘प्रदेश र स्थानीय तहमा पनि समन्वय अभाव भएको छ ।

 

स्थानीय सरकारले आफ्नो हैसियतको काम गर्न पाएका छैनन् ।’ स्थानीय सरकारको नयाँ अभ्यास भएकाले कानुन निर्माणलगायत संस्थागत गर्नुपर्ने काममा जोड दियौँ । नगरपालिकाले ४७ वटा कानुन निर्माण गरिसकेको छ । नगरलाई कसरी अगाडि लैजाने भनेर योजना बनाएर काम गरेका छौँ । सडक सञ्जाल विस्तारलगायतका काम भएका छन् । सूर्योदय नगरमा थुप्रै पर्यटकीय स्थल भएकाले यसको सौन्दर्यीकरण गरिएको छ । कन्याम, श्रीअन्तुलगायतका ठाउँलाई आधुनिकीकरण गरेर पर्यटकीय नगरी घोषणा गरेका छौँ । कृषिको विकासका लागि विभिन्न स्थानलाई पकेट क्षेत्रको रूपमा विकास गरेर अनुदान दिएका छौँ । मासु प्रवद्र्धनका लागि राँगा उत्पादनमा जोड दिएका छौँ ।

 

हरेक वडामा जाने सडक कालोपत्रे बनाउने काम भए । अन्य सडकमा पनि १२ महिनै सवारी कुदाउन मिल्ने गरी निर्माण भइरहेका छन् । यस वर्षको बजेटमा पनि स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । आधारभूत स्वास्थ्य सेवा सबै वडामा पु¥याउने कार्यक्रम यस वर्षको बजेटमा समावेश भएका छन् ।

 


निर्वाचनअघि गरिएका कतिपय प्रतिबद्धता विविध कारणले पूरा हुन सकेनन् । विद्यालयलाई सुधार गर्न लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न सकिएन । ‘हामीलाई कोभिडले योजनाअनुसारको काममा बाधा पुर्‍यायो,’ उनले भने, ‘विद्यालयको गुणस्तर सुधार्न सकेका छैनौँ । विकास निर्माणका काम पनि अवरुद्ध भए । सहकारीलाई कृषिमा जोड्दै सोचेको मोडलमा लैजान सकेनौँ ।’