close

किसानका खेत चहार्दै सैनामैनाका नगरप्रमुख

किसानका खेत चहार्दै सैनामैनाका नगरप्रमुख

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले वर्षाका कारण धानबालीमा क्षति पुगेका गरिब तथा विपन्न परिवारका किसानलाई राहत उपलब्ध गराइने बताएका छन् ।


कार्कीले बेमौसमी वर्षाका कारण सैनामैनामा धानबाली नष्ट भएको बताउँदै विपन्न किसानलाई राहत उपलब्ध गराइने प्रतिबद्धता जनाएका हुन् । नगरमा धानबालीको क्षतिबारे विवरण संकलनसँगै अनुगमनमा तीव्रता दिइएको बताए । उनले भने, ‘हामी किसानको खेतबारीमा जान्छौँ । वर्षाले धानबालीमा पुर्‍याएको क्षति अनुगमन गरी किसानलाई सक्दो राहत उपलब्ध गराउनेछौँ ।’ 


कार्कीका अनुसार क्षति विवरण संकलनपछि सैनामैनाको विपद् व्यवस्थापन समितिमार्फत सक्दो सहयोग उपलब्ध गराइनेछ । अनुगमन नगरपालिका र वडा कार्यालय सबैबाट भइरहेको र क्षतिका आधारमा राहत दिइने उनको भनाइ छ । लुम्बिनी प्रदेश सरकारले पनि क्षति भएको धानको सक्दो राहत उपलब्ध गराइने जनाएको छ ।