close

‘नगरबासीको टाउको गनेर बजेट दिने संघीय सरकारको नीति सच्याउनुपर्छ’

‘नगरबासीको टाउको गनेर बजेट दिने संघीय सरकारको नीति सच्याउनुपर्छ’

Trulli
ADVERTISEMENT

मोहन बस्‍नेत, नगरप्रमुख, दक्षिणकाली नगरपालिका, काठमाडौं 

 

दक्षिणकाली नगरपालिकाको अधिकांश भूभाग पहाडी छ । एक ठाउँमा १० घर छ अर्को ठाउँमा ५ घर छ । नगरबासीलाई सुविधा चाहिएको छ । मोटरबाटो चाहिएको छ तर त्यसलाई सहजै पूरा गर्न सकिएको छैन । मुख्य कुरा भौगोलिक असमानता पनि हो । हाम्रो नगरपालिकामा २४ हजार २ सय जनाको टाउको गनेर एक अर्ब रुपैयाँ कम भन्दा पैसा आउने गरेको छ । वडा–वडालाई खानेपानी पुर्‍याउन पर्दा ४०औँ करोड खर्च हुने गर्छ । अभाव उत्तिकै छ जनताको भावना बुझेर काम गर्नुपरेको छ ।

 

भूगोल ज्यादै ठूलो र नगरबासीको टाउको गनेर बजेट आउने भएकाले समस्या छ । जनगणनामा हजारौँ मात्रामा जनसंख्या बढोस भन्ने थियो तर २५ हजार भन्दा धेरै हुन सकेन । जनसंख्या नबढ्दा नगरका लागि बजेट एकदम कमै आउछ । जति आउनुपर्ने थियो अझ घटेर जाने अवस्था बनेको छ ।  विद्यालयका शिक्षकलाई तलब नगरपालिकाले खुवाउनुपर्छ । अब झन समस्या हुन्छ । पूर्वाधारको विकासमा र जनताले चाहेको काम छिटो ढंगले गर्न सकेको छैनौ ।

 

नगरबासीको पठनपाठनको विकास गर्न नगरपालिकाले यथेष्‍ट विकास गरेको  छ । १८–२० वटा विद्यालय भवन नगरपालिकाले बनाइदिएको छ । नगरबासीका लागि आवतजावतमा सहज भनेर नयाँ बाटोदेखि पुराना बाटोको मर्मत गरिएको छ । वडा–वडामा खानेपानीको टयांकी बनाइएको छ । नगरपालिकामा हुने धार्मिक संस्कृतिलाई रक्षा गर्न वार्षिक बजेट छुट्याइएको छ । कृषिलाई प्राथमिकतामा राखी कसरी व्यवस्थित गर्न सकिन्छ भनेर ध्यान दिएकर काम गरिएको छ । विभिन्न सिपमूलक तालिम प्रदान गरियो । तर, यति भन्दै गर्दा यथेष्‍ट काम गर्न भने सकिएको छैन । भूगोल ठूलो जनसंख्या थोरै छ । प्राप्‍त हुने रकम थोरै खर्च धेरै भइरहेको छ । जनताले आशा गरेको बमोजिम विकास भएरनभएको भन्न सकिने अवस्था छैन ।

 

संघीय सरकारले स्थानीय तहलाई स्वायत्त बनाउन केही कञ्‍जुस्याइ भए जस्तो लाग्छ । स्थानीय सरकारलाई अधिकार दिनलाई कुनै पनि कञ्जुस्याइ नगरेमा प्रदेश सरकारलाई पनि टेवा दिन सक्छ । साथै संघीय सरकारको मजबुतीको लागि समेत काम गर्न सक्छ । स्थानीय तह भनेको भित्रीरूपमा नदेखिएर काम गर्ने सरकार हो । जनताको प्रत्यक्ष पीडालाई महसुस गर्ने संस्था हो । नागरिकको घाउमा मल्हम लगाउन पाएको छ । यो एकदम सकरात्मक पहल हो । संविधानको परिकल्पना अनुसार विकास गर्न खोजिएको सरकार हो । जिम्मेवारी दिएको सरकारले थोरै मेहनत गरेर काम गर्ने हो भने धेरै राम्रो छ । पाएको अधिकार प्रयोग गर्न पाएको छौ त्यसैले पनि हामीले गुनासो गर्ने ठाउँ भेटेको छैनौँ ।

 

नयाँ संविधान र परिकल्पनाअनुसार स्थानीय तहले काम गर्दा कतिपय कुरा खट्किएका छन् । अभावको बाबजुत पनि जनप्रतिनिधिले आफ्‍नो क्षमता तथा मजबुतले काम गरिरहेका छन् । आफ्‍नो क्षेत्रमा सकरात्‍मक विकासका कामहरू भइरहेका छन् । जनप्रतिनिधिको हैसियतले गरेका सबै कामहरू भन्‍न सकेका छैनौँ । इमान्दारीको साथ भन्नुपर्दा सबै जनताको काम गर्न लागि परिरहेका छौ । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन विकासका लागि काम गरिरहेका छौँ । पूर्वाधार निर्माण गरिसकेका छौँ । केही निर्माणकै क्रममा छन् । कतिपय बाँकी नै छन् ।