close

संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा धुलिखेल नगरपालिका प्रमुखको सम्बोधन

संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा धुलिखेल नगरपालिका प्रमुखको सम्बोधन

Trulli
ADVERTISEMENT

काभ्रेको धुलिखेल नगरपालिकाका प्रमुखमा अशोक कुमार ब्यान्जु श्रेष्ठले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा सम्बोधन गरेका छन् ।

दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबी निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता विषयमा उपलब्धि हाँसिल गरेकोमा विश्वका १६३ देशका प्रतिनिधिबीच श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका हुन् ।

नगरप्रमुख श्रेष्ठले विगत पाँच वर्षको अवधिमा दिगो बिकासको लक्ष्यसहित गरेका कार्यको उच्च मुल्यांकन सहित जुलाई ६ मा नेपालको प्रतिनिधित्व गर्दै उनी न्यूयोर्क पुगेका हुन् ।

धुलिखेलवासीको माया सहयोगले दिगो विकासको लक्ष्य पूरा भएकोमा उनले खुशी व्यक्त गरे । 

यसअघि पनि धुलिखेल नगरपालिका प्रमुखमा निर्वाचित श्रेष्ठ गत बैखाश ३० मा भएको निर्वाचनमा पुनः नगर प्रमुखमा निर्वाचित भएका हुन् ।