close

राजेन्द्र राईले यसरी दिए, प्रमुख प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की (अडियोसहित)

राजेन्द्र राईले यसरी दिए, प्रमुख प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की (अडियोसहित)

Trulli
ADVERTISEMENT

धनकुटा । पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई धनकुटाका एमाले नेता एव‌ निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले ज्यान लिने धम्की दिएका छन् । 

यस्तो छ पूरा कुराकानी :

राजेन्द्र राई : हेलो 

प्रप्रअ पौडेल : हजुर माननीयज्यू, नमस्कार हजुर

राजेन्द्र राई : ए हाकिम साप

प्रप्रअ पौडेल : हजुर, नमस्कार हजुर

राजेन्द्र राई : तनहुँबाट आएर मेरो ठाउँमा शासन गर्ने ? 

प्रप्रअ पौडेल : के... के भएछ हजुर ? 

राजेन्द्र राई :  तपाई जानु अब तुरुन्त अब, तपाईंलाई ठिक लाइदिन्छु नि ! फेरि, तपार्इंको छोराछोरी रोलान्, ख्याल गर्नु, तपाईंले एकदमै हेप्नुभएको छ हामीलाई, नहेप्नू नि !

प्रप्रअ पौडेल : के गरेँ मैले हजुर त्यस्तो ?

राजेन्द्र राई : तपाईं तुरुन्त जानु न, डबल कुरा नगर्नूस्, खुरुक्क जानूस्, तपाईंलाई भन्देको छु नि ! तपाईंको अस्तित्व समाप्त पारिदिन्छु । तपाईंले कम अत्याचार गर्नुभएको छ त्यहाँ ? तपाईंको म हेर्दैछु । तपाईंलाई कसैले रोक्न सक्दैन । शेरबहादुर देउवा, रामचन्द्र पौडेल आए पनि रोक्न सक्दैन । खुरुक्क जानूस् । सरुवा लिएर जानूस् । पछि कुनै घटना घट्यो भने मलाई केही नभन्नूस् । मेरो ठाउँमा आएर तपाईं दादागिरी चलाउने ?

प्रप्रअ पौडेल : के गरेँ मैले ? के गरेँ भन्नुन त ? 

राजेन्द्र राई : तपाईंजस्तो मान्छे कत्तिलाई मैले झुण्डाएर हान्दिएको छु । थाहा छ ? म आउँछु कुनैदिन ।  तपाईंले डँडाल्नो दह्रो बनाएर राख्ने कुरो यत्ति क्लियर हो । तपाईं जानूस् । 

प्रप्रअ पौडेल : हैन, मैले के गरेँ र ! माननीयज्यू ?

राजेन्द्र राई : तपाईं खुरुक्क जानूस्, यस्ता कुरा नगर्नूस्, मेरो ठाउँमा आएर तपाईं शासन गर्ने ? फुर्ती लगाउने ? ल फुर्ती लगाउनु त, म देखाइदिन्छु ।

 प्रमुख प्रशासकीय अधिकृत पौडेल उत्कृष्ट निजामती कर्मचारी सेवा पुरस्कारबाट सम्मानित