close

आवश्यकताका आधारमा विकास निर्माण तीव्र

आवश्यकताका आधारमा विकास निर्माण तीव्र

Trulli
ADVERTISEMENT

रौतहट । गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद कलवारले आफू निर्वाचित भएर आएपछि पालिकावासीको आवश्यकता अनुसार विकास निर्माणका कार्यलाई तीव्रता दिएको बताएका छन् । 

नगरपालिकाको खानेपानी समस्या हटाउन स्थानीयको घरघरमा खानेपानी पुर्‍याउन लागि परेको उनले बताए ।
‘खानेपानी समस्या निराकरणका लागि लागिपरेको छु । केही स्थानीयको घरमा खानेपानी पुगिसकेको छ भने कहीँ पाइप गाड्ने काम भइरहेको छ,’उनले भने । 

यस्तै, वडागत रूपमा विद्युतको पोल गाड्ने, तारको व्यवस्थापन, वर्थिङ सेन्टर स्थापना गर्नेजस्ता काम भइरहेको उनले बताए । 

उनी थप्छन् ‘नगरपालिकामा दुईवटा वर्थिङ सेन्टर सञ्चालन भए पनि सम्पूर्ण पालिकाबासीका लागि उपयोगी छैनन् । त्यसैले हामीले आवश्यक अध्ययन गरी वर्थिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छु ।’ 

यस्तै, नगरपालिकाभित्र कृषिका लागि सिँचाइ, मलखाँदको समस्या छ । अरू पालिकामा १६ सय खाँद आउँदा डेढ सय मात्र आएको उनले बताए । नगरपालिकामा नहर पर्याप्त सिँचाइ नभएको बताउँदै उनले त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा कुराकानी भएको बताए । 

नगरमा सीमित स्रोत तर जनताको माग र आवश्यकता धेरै रहेको उनी बताउँछन् । केही महिनामा नै सबै विकास हुँदैन । विकास विस्तारै हुने भएकाले यो कुरा जनताले पनि बुझ्नुपर्ने उनको भनाइ छ ।