close

‘जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ’

‘जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ’

Trulli
ADVERTISEMENT

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले नेपालगञ्ज नगरपालिका अपांगमैत्री बन्नुपर्ने बताएका छन् । 

उपमहानगरपालिकामा अपांगमैत्री बनाउन सर्वप्रथम सोको सुरुवात उपमहानगरको कार्यालयबाट हुने उनले बताए । 

जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुजस्तै भएको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीले एकअर्कालाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । कर्मचारी शासनमा ३० वर्ष रहने, तर जनप्रतिनिधि ५ वर्षका लागि मात्रै आउने भएकाले कर्मचारीसँग बढी अनुभव रहने उनको भनाइ छ । 

उपमहानगर कर्मचारीको भर्नाकेन्द्र नभएको बताउँदै उनले नगरमा कर्मचारी भर्नासम्बन्धी कार्यविधि बन्न नसकेको भनी स्वीकारे ।आफू नगरप्रमुख भएपछि जनतामा स्थानीय सरकार आफ्नो भएको अनुभव गरेको उनले बताए ।