close

जातीय गालीगलौजको आरोपमा वडाध्यक्ष पक्राउ

जातीय गालीगलौजको आरोपमा वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेको हो ।

जातीय विभेद गाली गलौज गरेको आरोपमा सोही वडाका दलित महिला सदस्य मैयाँ नेपालीले उनी विरुद्ध जाहेरी दर्ता गराएकी थिइन् । सोही आरोपमा उनलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

दलित महिला सदस्य नेपालीका अनुसार महिला लक्षित कार्यक्रम कार्यान्वयनको क्रममा वडाध्यक्ष अधिकारीले गालीगलौज गरिएको हो ।