close

बुटवलमा उपमहानगरहरूकाे राष्ट्रिय सम्मेलन : ११ उपमहानगरका मेयर-उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी

बुटवलमा उपमहानगरहरूकाे राष्ट्रिय सम्मेलन : ११ उपमहानगरका मेयर-उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी

Trulli
ADVERTISEMENT

रूपन्देही । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सुरू भएकाे छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका ११ उपमहानगरपालिकाहरुका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गरिएकाे बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बताए । 

मेयर पाण्डेयले समान समस्या, मुद्दा र संरचना भएकाहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गरिएकाे बताए । 

माघ २१ गते शनिबार आन्तरिक छलफलमा जुटेका जनप्रितिनिधहरू आज २२ गते बिहान ८ बजेखि बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन समारोह सहभागी भएका छन् । आजै दिउँसो बुटवल उपमहानगरपालिकाको सभाहलमा साझा समस्याबारे छलफल र घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेकाे छ । सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन् । 

उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकाल्ने र समाधानका लागि सम्बन्धित निकायसँग सामुहिक रुपमा छलफलमा जाने सहभागीहरूले बताए । 

उपमहानगरका मेयर, उपमेयर, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने मेयर पाण्डेयले बताए ।  

उपमहानगरहरुका बीचमा आपसी समन्वय र सहकार्यको उदेश्यका साथ सम्मेलन हुने र स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्न उर्जा मिल्ने बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले बताइन् । 

राष्ट्रिय सम्मेलनको भब्य तयारी गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।