close

नगरप्रमुख प्रजापतिद्धारा सामुदायिक विद्यालयको अनुगमन

नगरप्रमुख प्रजापतिद्धारा सामुदायिक विद्यालयको अनुगमन

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । नगरप्रमुख प्रजापतिले पालिकाभित्र सञ्चालित विद्यालयको अनुगमन गरेका हुन् । 

उनले थथुबहीस्थित ज्ञानविजय आधारभूत विद्यालय, भार्वाचोस्थित उदय आधारभूत विद्यालय, बाराहीस्थानको सुस्त मनस्थिति कल्याण विद्यालय, शारदा आधारभूत विद्यालय, जनसेवा आधारभूत विद्यालय र तारा माध्यमिक विद्यालय गरी ६ वटा सामुदायिक विद्यालयहरुको निरीक्षण गरेको जनाइएको छ । 

 निरीक्षणका क्रममा नगर प्रमुख प्रजापतिले विद्यालयका प्रधानाध्यापकहरुसँग भेटेर विद्यालय समयमा शिक्षकहरु उपस्थित भए÷नभएको, समयमा हाजिरी गरे/नगरेको, विद्यार्थी संख्या, विद्यालयको भौतिक अवस्था, कक्षाकोठा व्यवस्थापन, विद्यालयको सरसफाइ आदिबारे जानकारी लिएका थिए ।

 विद्यालयका प्रधानाध्यापकहरुले कक्षाकोठाको अभाव, शिक्षक पदपूर्ति शीघ्र गर्नुपर्ने, जग्गा अभाव र भौतिक संरचनाको लागि आर्थिक अभाव भएको जानकारी गराएका थिए ।