close

मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठमाथि हातपात

मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठमाथि हातपात

Trulli
ADVERTISEMENT

भक्तपुर ।  मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ । विकास निर्माण कार्यको अनुगमनका लागि निगु पुखु क्षेत्रमा पुगेका उपप्रमुख श्रेष्ठमाथि हातपात भएको हो । 

उनलाई नगरपालिकाको वडा नम्बर ५ बस्ने सुमन जोशीलगायतका समूहले हातपात गरेको पालिकाले जनाएको छ । 

बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना अन्तर्गत निगु पोखरी टोलमा ढुंगा विछ्याउने कार्यका लागि गत माघमा उपभोक्ता समिति गठन गरिएको थियो । सोही कार्यको अनुगमन गर्न पुगेको उपप्रमुखलाई हातपात भएको नगरपालिकाले जनाएको  छ । 

सो घटनाको दोषीमाथि कारबाही गर्नको माग राख्दै  नगरपालिकाले प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।