close

काठमाडौं उपत्यका फोरमको अध्यक्षमा महर्जन निर्वाचित

काठमाडौं उपत्यका फोरमको अध्यक्षमा महर्जन निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौं उपत्यकका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जन निर्वाचित भएका छन् । चन्द्रागिरी हिल्समा सम्पन्न फोरमको बैठकबाट नगरप्रमुख महर्जनलाई सर्वसम्मत रुपमा चयन गरेको हो । 

फोरमको महासचिवमा महासचिवमा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख  घनश्याम गिरीलाई चयन भएक छन् । 


बैठकले सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा फोरमको उपाध्यक्षमा निर्वाचित भएका छन् ।  यस्तै, सचिवमा टोखा नगरपालिकाका नगरप्रमुख  प्रकाश अधिकारी एवं कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका नगरप्रमुख  कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।  मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ सहसचिवमा निर्वाचित भएका छन्  । 

बैठकमा काठमाडौँं उपत्यकाका भित्रका २१ वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुको सहभागिता रहेको छ । सो बैठकबाट अन्य स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सदस्यका रुपमा रहेको जनाइएको छ । 

फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।