close

नौमूलेको अध्यक्षसँग भक्तपुरको मेयरको भेट

नौमूलेको अध्यक्षसँग भक्तपुरको मेयरको भेट

Trulli
ADVERTISEMENT

भक्तपुर। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नौमूले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले आज भक्तपुरमा भेट गरेका छन्।
कार्यक्रमका भक्तपुरका नगरप्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, संस्कृति र सम्पदा संरक्षण गरी जनताको सेवा गरिरहेको बताए। उनले नगरपालिकाले विदेशी सहयोग विना आफ्नै स्रोत साधनबाट सम्पदाहरु पुनःनिर्माण र जिर्णोद्धार गरिरहेको बताए।

नौमूलेका अध्यक्ष सुवेदीले दैलेख जिल्लास्थित नौमूले गाउँपालिका २२८ वर्ग कि.मी फैलिएको र २२ हजार जनसंख्या रहेको सो पालिकामा ४९ वटा सामुदायिक विद्यालयहरु रहेको जानकारी दिए। उनले गाउँपालिकाले टोल विकास समितिहरुमार्फत विकास निर्माण लगायतका कार्यहरु गरिहेको बताए।

दुई पालिकाबीचको अनुभव आदान प्रदानलगायत स्थानीय तहको विकासमा गरिरहेको कार्यबारे छलफल भएको उक्त कार्यक्रममा नौमूले गाउँपालिकाका वडाध्यक्ष रुपेश कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।