close

सेवामा सुधार गर्न जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण

सेवामा सुधार गर्न जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण

Trulli
ADVERTISEMENT

इलाम । माई नगरपालिकाले पालिकाभित्रका जनप्रतिनिधि र कर्मचारीलाई एक दिने अभिमुखीकरण गरेको छ । नगरपालिकाको आयोजनामा शनिबार १० वटै वडाका जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गरेको हो । 

नगरपालिकाको अनुसार पालिकाका सेवाग्राहीको सेवामा पर्ने समस्यालाई मध्यनजर एक दिने अभिमुखीकरण गरेको हो ।  राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका शाखा अधिकृत मेघराज शंकरले १० वटै वडाका वडाध्यक्ष, वडासदस्य, वडा सचिव, कार्यालय सहयोगी, नगर पंजीकरण शाखाका कर्मचारी अभिमुखीकरण गरिएको जनाइएको छ । 

अभिमुखीकरणमा एक दिने व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता र नागरिकता सम्बन्धि जानकारी दिइएको छ ।