close

काठमाडौं महानगरमा भ्रष्टाचार भएमा प्रमाणसहित सम्पर्क गर्न बालेनको अनुरोध

काठमाडौं महानगरमा भ्रष्टाचार भएमा प्रमाणसहित सम्पर्क गर्न बालेनको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह(बालेन)ले महानगर क्षेत्रमा भ्रष्टाचार भएमा आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । नगरप्रमुख शाहले आफ्नो सामाजिक सञ्जालमार्फत सो अनुरोध गरेका हुन् । 

उनले महानगरपालिकाका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै प्रकार पैसा मागेमा प्रमाणसहित सम्पर्क गर्न सकिने जनाएका छन् । भ्रष्टाचार हेर्न नसक्ने भएकाले महानगरमा सो कार्य रोक्न उनले अनुरोध गरेको जनाएका छन् । 

'हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,' उनले फेसबुकमा लेखेका छन्, 'कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।'

उनले प्रमाणसहित ९८६२५९२०११ मोबाइल नम्बरको ह्वाटस्एपमा जानकारी दिन सक्ने बताएका छन् । उनले लेख्छन्, 'यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।'