close

महानगर विश्व संघमा नगरप्रमुख शाह नियुक्त

महानगर विश्व संघमा नगरप्रमुख शाह नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) महानगर विश्व संघ (वल्र्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिस), (महानगर) को सञ्चालक समितिको सदस्य पदमा निर्वाचित भएका छन्। संघका महासचिव जोडी वाकरले प्रमुख शाहलाई पत्र पठाउँदै २०२४ देखि २०२६ सम्मको कार्यकालका लागि निर्वाचित भएको खबर दिएका हुन् ।

 कार्यकाल सन् २०२४ को जनवरी महिनाबाट सुरु हुनेछ । सञ्चालक समिति संघको प्रमुख व्यवस्थापकीय अङ्ग हो । सदस्यहरूको महासभाले तोकेको दिशा निर्देश पूरा गर्नु यसको मुख्य जिम्मेवारी हुन्छ । रणनीतिक अभिमुखीकरणको विकास र महानगरका लक्ष्यको विकास तथा उपलब्धीका लागि आवश्यक निर्णय गर्नु यसको काम हो । 


पत्रमा भनिएको छ, ‘म तपाइँको भूमिकाकाबारे थप जानकारी प्रदान गर्न, आगामी वर्षहरुका लागि तपाईँको संस्थाका प्राथमिकताका बारेमा जान्न र महानगरको रणनीतिक दिशासँग जोड्ने तरिकाका बारेमा जान्नका लागि तपाईँको टोलीसँग एक छोटो बैठकको प्रस्ताव गर्न चाहन्छु । तपाईँको वैधानिक भूमिकाको अवधिमा हामी महानगरमा संयुक्त कामहरु गर्न सक्छौँ ।’ 

ठूला सहरी समूहको यो संघले सरकारहरूलाई भेला गरेर महानगरको दिगो र समान विकास तथा उत्थानशील समाज रूपान्तरणका लागि रणनीतिक योजना तर्जुमा गर्छ । यसले महानगरीय प्रशासनसँग विश्वव्यापी विज्ञता, स्थानीय र विश्वव्यापी मुद्दालाई वृहत दायरामा जोड्छ । अनुभवहरू साटासाटको अवसर उपलब्ध गराउँछ ।

यसका १४० भन्दा धेरै ठूला महानगरपालिका सदस्य छन् । दक्षिण एशियाली मुलुकका ८० वटा सहर यसका सदस्य हुन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकबाट २० वटा, उत्तर अमेरिकाका ७ वटा, यरोपका १८ वटा र अफ्रिकाका २५ वटा सहर सदस्य छन् ।