close

महानगर क्षेत्रमा कांग्रेसको भातृ संगठन नहुने नगरप्रमुख शाहको घोषणा

महानगर क्षेत्रमा कांग्रेसको भातृ संगठन नहुने नगरप्रमुख शाहको घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रमा नेपाली कांग्रेसको कुनै पनि भातृ संगठन नभएको घोषणा गरेका छन् । मंगलबार नगरप्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै भातृ संगठन नहुने घोषणा गरेका हुन्  । 

उनले नेपाली काग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रममा गरेको भाषणलाई उदृत गर्दै महानगरभित्रका कार्यालय, कर्मचारी तथा शैक्षिक संस्थामा भातृ संगठन नहुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, 'माननीय गगन थापाज्यु,  दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ  ।'

उनले महामन्त्री थापालाई बोलेका कुरा पुरा गर्न अनुरोध समेत गरेका छन् । उनी लेख्छन्, 'बोलेको कुरा पुरा गर्नहोला माननीय ज्यु ।'