close

'बर्थ-डे सेलिब्रेसन' हाेस् त यस्ताे‍‍...

गाउँपालिका अध्यक्ष चुमानले आफ्नो 'बर्थ-डे सेलिब्रेसन' फरक ढंगले गरेका छन् । उनले साथीभाई, परिवार, आफन्त बोलाएर भोज भतेर गर्दा लाखमाथि हुने खर्चलाई उज्वल भविष्य जन्माउन सञ्चित गरिदिए । उनको जस्तै सोच अरुले पनि राखिदिने हो भने फजुल खर्चबाट 'उन्नत भोलि' निर्माण गर्न सहज हुनेछ ।

Trulli
ADVERTISEMENT

तनहुँ-  आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोष स्थापना गरेको छन् । अध्यक्ष चुमानले बुधबार जन्मदिनको अवसरमा आफ्नाे स्वर्गीय दाई आकास चुमानकाे नाममा अक्षय कोष स्थापना गरेका हुन् । 

उनले क्याम्पसमा १ लाख एक हजार १११ रुपैयाँ अक्षयकोष स्थापना गरेको बताएका छन् । कलेजमा अक्षयकोष स्थापना गर्ने रहर पहिल्यैदेखि भएतापनि जन्मदिनमा अवसर मिलेको उनले पालिकाखबरलाई बताए । 

उनले सो रकमबापतको चेक कलेजको प्रशासकलाई हस्तान्तरण गरेका छन्  । अक्षयकोषबाट प्राप्त आम्दानीबाट सो कलेजमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति वितरण हुने उनले बताए । 

उनका अनुसार सो कलेजमा २७० जना विद्यार्थी  स्नातक तहमा अध्ययनरत छन् ।