close

जनप्रतिनिधिबीच मतभेदले काम गर्ने समस्या - अध्यक्ष चाैहान

जनप्रतिनिधिबीच मतभेदले काम गर्ने समस्या - अध्यक्ष चाैहान

Trulli
ADVERTISEMENT

पर्सा - धोबिनी गाउँपालिकाका जनप्रतिनिधि विभिन्न समस्याबाट गुज्रिदै काम गर्दै आएका छन् । जनताको माग र आवश्यताको सम्बोधन गर्नका लागि समस्याको समाधान गर्दै काम गर्दै आएका हुन् । 

गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार पालिकाभित्र जनप्रतिनिधिहरुबीच मतभेद नै मुख्य समस्या हो । आफूसहित दुई जना वडा अध्यक्ष जनता समाजबादी र उपाध्यक्षसहित ३ जना वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएको उनले पालिकाखबरलाई बताए । 

गाउँ कार्यपालिकामा पनि आफूहरु अल्पमतमा परेकोले जनप्रतिनिधिबीच मतभेद भएको उनको अनुभव छ । गाउँ कार्यपालिकाले छलफल गरेर कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या हुने उनले सुनाए । कार्यपालिकामा पनि आफूहरु अल्पमतमा परेकाे उनले बताए । 

स्थानीय बासिन्दाको माग र अपेक्षा पालिकासँग धेरै हुने उनको अनुभव छ । तर बजेट अभावले सबै माग पुरा गर्न नसकेको उनले सुनाए ।