close

नेपाल इन्जिनियरिङ कलेज सामुदायिक बनाउने नगरप्रमुख खत्रीकाे प्रतिबद्धता

नेपाल इन्जिनियरिङ कलेज सामुदायिक बनाउने नगरप्रमुख खत्रीकाे प्रतिबद्धता

Trulli
ADVERTISEMENT

भक्तपुर - चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले नेपाल इन्जिनियरिङ कलेज (नेक)लाई निजी बन्न नदिने बताएका छन् । कलेजको २९ औँ बार्षिकउत्सवमा आयोजित कार्यक्रममा सहभागी भएका नगरप्रमुख खत्रीले यस्तो बताएका हुन् ।

कलेज निजी  या गैरनाफामुखी रुपमा सञ्चालित भन्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएको उनले बताए । सो विवाद समाधान गर्नको लागि आफ्नो अध्यक्षतामा  नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  सञ्चालक समिति गठन गरेको र सोही अनुरुप काम भइरहेको उनले सुनाए । 

कलेजलाई गैरनाफामुखी बनाउन र पालिकाको शैक्षिक क्षेत्रलाई उकास्न आफू सधैँ तत्पर रहेको उनले बताए । सामुदायिक कलेज बनाउनका लागि आफू जेलमा जानु परेपनि तयार रहेको उनको भनाइ छ । कलेज नगरपालिकाको वडा नम्बर ४ को दुवाकोटमा सञ्चालित छ ।