close

भरतपुर कार्यपालिकाको बैठक कांग्रेसद्वारा बहिष्कार

भरतपुर कार्यपालिकाको बैठक कांग्रेसद्वारा बहिष्कार

Trulli
ADVERTISEMENT

चितवन- कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले आज शुक्रबार बस्ने भनिएको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक बहिष्कार गरेका छन् । 

भरतपुर महानगपालिका-३ स्थित लायन्स क्लव अफ चितवनले अस्पताल चलाउने प्रयोजनका लागि लिएको जग्गामा बनेको भवन बालकुमारी कलेजले भोगचलन गरेपछि महानगरले हटाएको विषयलाई लिएर उनीहरूले बैठक बहिष्कार गरेको जनाएका छन् ।

महानगर बैठकले सार्वजनिक जग्गामा बनेका संरचना सबै हटाउने निर्णय गरे पनि अन्यत्र नहटाएर बालकुमारी कलेजले उपयोग गरेको भवन मात्रै खाली गरेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको आरोप छ । महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ ।