close

भूकम्प पीडितलाई सहयोग गर्न गाउँपालिका अध्यक्षको अपिल

भूकम्प पीडितलाई गाउँपालिकाबाट १५ लाख रुपैयाँ

भूकम्प पीडितलाई सहयोग गर्न गाउँपालिका अध्यक्षको अपिल

भूकम्प पीडितलाई गाउँपालिकाबाट १५ लाख रुपैयाँ

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम - सानीभेरी गाउँपालिकाले भूकम्प पीडितको सहयोगका लागि अपिल गरेको छ । गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले भूकम्प पीडितको सहयोगका लागि पालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न अपिल गरेका हुन्  । 

गाउँपालिकाले मात्रै भूकम्प पीडितको लागि आवश्यक सामग्री व्यवस्थापन गर्न नसक्ने भएकाले विभिन्न दातृ निकाससँग सहयोगको लागि अनुरोध गरेको उनले पालिकाखबरलाई बताए । रकम उपलब्ध गराउन सक्ने व्यक्ति तथा दातृ निकायले गाउँपालिकाको कोषमा रकम जम्मा गराउन सक्ने उनले बताए । 

भूकम्प पीडितको सहयोगको लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट निकासा गरिसकेको उनले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा राखेको रकम निकासा गरेको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार गाउँपालिकाले भूकम्प पीडितका लागि चामल, दाल र त्रिपाल वितरण गर्दै आएको छ । भूकम्प प्रभावित क्षेत्र भएकाले सबै पीडितलाई गाउँपालिकाले मात्रै व्यवस्थापन गर्न नसक्ने रहेछ,’ उनले भने, ‘सहयोगको लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न अपिल गरेका छौँ ।’

उनका अनुसार गाउँपालिकामा भूकम्पबाट १२ जनाको निधन भएको छ । जसमध्ये ९ जना बालबालिका रहेको उनले सुनाए । ‘चार जना एउटै परिवारका छन्,’ उनले भने, ‘सबै मृतकको सनाखत गरी आज अन्त्येष्टी गर्दै छौँ ।’

भूकम्पबाट २६ जना घाइते भएकाले उनले सुनाए । त्यसमध्ये एक जनाको उपचारको निधन भइसकेको छ । घाइतेमध्ये पाँच जनालाई काठमाडौं र १९ जनालाई नेपालगञ्जमा उपचारको लागि पठाइएको थियो ।