close

भूकम्प पीडितलाई बिर्तामोडको ५ लाख

भूकम्प पीडितलाई बिर्तामोडको ५ लाख

Trulli
ADVERTISEMENT

झापा- बिर्तामोड नगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई पाँच लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको बैठकले सो राहत रकम दिनेबारे निर्णय गरेको हो । भूकम्पबाट पीडित परिवारको उद्धारका लागि सहयोग दिने निर्णय गरिएको नगरप्रमुख प्रसाईले पालिकाखबरलाई बताइन् । 

बिर्तामोड नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय भएको उनले बताइन् । सो रकम भोलि सहायता कोषमा जम्मा गरिने उनले बताइन् । 

जाजरकोट केन्द्रबिन्दु भएर यही कातिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट १५३ जनाले ज्यान गुमाएका छन् । भने करोडौंको क्षति भएको छ ।