close

१० गौरव र २५ स्वर्णिम योजनाहरू सम्पन्न भएसँगै काठमाडौंको मुहार फेरिन्छ :  उपमेयर डंगोल

१० गौरव र २५ स्वर्णिम योजनाहरू सम्पन्न भएसँगै काठमाडौंको मुहार फेरिन्छ :  उपमेयर डंगोल

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरू सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताएकी छन् । 

शुक्रबार २९औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर डंगोलले काठमाडौं महानगरपालिकाले बृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा नीति कार्यक्रम र बजेट सोहीअनुसार बनाएको बताइन् ।

उनले महानगरका कामबाट महानगरवासी खुसी भएको अनुभूति गरेको बताइन् । महानगरपालिकाले विभिन्न नयाँ र सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको पनि उनको दाबी छ ।