close

प्रधानमन्त्रीलाई नगरप्रमुखको आग्रह, "सम्पदा क्षेत्र निर्माणका लागि खरिद ऐन नलगाइदिनुस्"

प्रधानमन्त्रीलाई नगरप्रमुखको आग्रह, "सम्पदा क्षेत्र निर्माणका लागि खरिद ऐन नलगाइदिनुस्"

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्रको निर्माण हुन नसक्ने बताएका छन् । 

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले मन्दिर तथा देवालयहरु टेण्डर बनाएर काम सम्पन्न हुनै धेरै समय लाग्ने बताएका हुन् । 

"सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग नगरी बनाएका मन्दिरहरु छिटो बनेका छन् । यो ठूलो कुरा हो । सार्वजनिक खरिद ऐन, २०६३ लगाए कुनै पनि मन्दिर समयमा बन्दैनन् । सम्पदा क्षेत्र निर्माणका लागि सार्वजनिक खरिद ऐन नलगाइदिनुस् ।’’ उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।