close

कर्मचारी नियुक्तिमा कानुनी अड्चन

कर्मचारी नियुक्तिमा कानुनी अड्चन

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा स्थानीय तहमा कर्मचारी नियुक्त गर्न समस्या भएको गुनासो गरेकी छन् । 

सोमबार ललितपुर महानगरपलिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल कानुन निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह गरिन् ।

‘कानुन बनाउने अधिकार स्थानीय तहलाई दिएको छ । तर कानुन बनाउँदै गर्दा माथिको कानुनसँग बाझिएको तलको कानुन स्वतः खारेज हुने भनिसकेपछि हामीले बनाउने कानुनको के अर्थ रहन्छ र ? न कर्मचारी नियुक्त गर्न सक्छौँ न त कानुन बनाउन सक्छौँ,’ प्रधानमन्त्रीसँग उनले गुनासो पोखिन् ।