close

नमोबुद्ध नगरपालिका-१ का पूर्ववडाध्यक्ष लामामो निधन

नमोबुद्ध नगरपालिका-१ का पूर्ववडाध्यक्ष लामामो निधन

Trulli
ADVERTISEMENT

काभ्रे- नमोबुद्ध नगरपालिका-१ का पूर्ववडाध्यक्ष कर्म ग्याल्बो लामाको निधन भएको छ ।

आज बिहान आफ्नै घरको कोठामा बेहोस अवस्थामा भेटिएका लामाको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो । ८२ वर्षका लामा र उनकी श्रीमती बर्ष ८१ वर्षकि असनी लामा आफ्नै घरको सुत्ने कोठामा खाना खाई  सुती रहेको अवस्थामा आज बिहान अबेर सम्म नउठे पछी छोरा बुहारीले  ढोका खोली हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । 

दुबैलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उनको उपचारको क्रममा निधन भएको हो । उनकी श्रीमतीको उपचार जारी छ । उनी २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।